७ कार्तिक २०८१, बुधबार

सरकारले कामको रफ्तार बढाउनुपर्ने छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  23 October, 2024 5:56 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गरिरहेको बताएका छन् ।

सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधवार उनले अहिलेको सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेकाले अपेक्षा पूरा गर्नुपर्ने दायित्व राज्यको भएको बताएका हुन्। उनले काम र अपेक्षा बिच सन्तुलन चाहिएको बताए । प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा मात्रै बढाए पुग्ने तर कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गरेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बेलामा राष्ट्रिय संकटबाट पनि राजनीतिक लाभ खोजिरहेको बताए । उनले सरकारले पनि आफ्नो कामको रफ्तार बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले विपत्तिका बीच पनि नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फ पाइला अघि बढाएको बताए । अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरु आजबाट सुरू हुने बताए ।



प्रतिक्रिया दिनुहोस !