७ कार्तिक २०८१, बुधबार

इङ्गल्यान्डका टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित

प्रकाशित मिति :  23 October, 2024 6:12 pm


काठमाडौँ । इङ्गल्यान्डका ब्याट्सम्यान तथा विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा प्रदर्शन देखाउँदै आएका मोर्स नेपाल प्रिमियर लिगको लागि अनुबन्धित भएका हुन् । २८ वर्षीय मोर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा प्रदर्शन गर्दै आएका छन् ।

मोर्स काउन्टी, बिपिएल, एलपिएल, पिएस्एल लगायत विभिन्न लिगहरु खेलिरहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।

फस्र्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन् । त्यस्तै १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५२४५ बलमा उनको औसत ब्याटिङ २३.१ रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका मोर्सले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।

“उनको आगमनले टिमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुनेछ,” लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले भने ।

त्यस्तै क्लबका मालिक इश्वर जिसीले भने, “हामी यसै गरी हाम्रो क्लबमा आवश्यक अन्तरर्राष्ट्रिय प्रतिभाहरु घोषणा गर्दै जानेछौँ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय प्रतिभाहरुलाई क्लबमा सामेल गराएर हामी उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पु¥याउने छाँै र समस्त लुम्बिनीबासीहरुलाई गौरवान्वित बनाउने छौँ ।”

मोर्सले लिस्ट ए क्रिकेटमा २९ खेल खेलेका छन् जसमा २६ इनिङमा ६ पटक अविजित रहँदै ७७६ रन बनाएका छन् । ७६ को सर्वाधिक स्कोर र ३८.८ को औसतले उनको निरन्तरता देखाउँछ । ६९३ बल खेलेर उनले ११२.० को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन् । यो फम्र्याटमा उनले ५ अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन् ।

टी–२० क्रिकेटमा उनले १३३ खेल खेलेका छन् जसमा १२० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २२३२ रन बनाएका छन् । ४० को सर्वाधिक स्कोर र २४.० को ब्याटिङ औसतले छोटो फम्र्याटमा उनको योगदानलाई देखाउँछ । १६८७ बल खेलेर उनले १३२.३ को सशक्त स्ट्राइक रेट राखेका छन् ।

टी–२० मा उनले ८ अर्धशतक, १८२ चौका र ९६ छक्का प्रहार गरेका छन् । विकेटकिपरको रूपमा उनले १२० इनिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फस्र्ट क्लास क्रिकेटमा उनले २२० क्याच र ५ स्टम्पिङ गरेका छन् भने लिस्ट ए मा उनले २७ क्याच र ५ स्टम्पिङ गरेका छन् । टी–२० फम्र्याटमा उनले ६५ क्याच र १९ स्टम्पिङ गरेका छन् ।

नेपाल प्रिमियर लिग यही मङ्सिर १५ बाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !