८ कार्तिक २०८१, बिहिबार

स्याङ्जामा मोटरसाइकल ठोक्किँदा एक जना घाइते

प्रकाशित मिति :  24 October, 2024 5:08 pm


काठमाडाैँ । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ४ स्थित कार्कीनेटा-नागडाँडा भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। दुर्घटना मंगलबार बिहान करिब ११:३० बजे भएको हो।

चिलाउनेबासबाट नागडाँडातर्फ आउँदै गरेको ग. १२ प. २२३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग. १४ प. ९५६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा, ग. १२ प. २२३२ नम्बरको मोटरसाइकल चालक आँधिखोला गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय युबराज पौडेल गम्भीर घाइते भएका छन्। पौडेलको दायाँ हात र खुट्टामा चोट लागेको छ र उनलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ।

घटनामा संलग्न दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !