८ कार्तिक २०८१, बिहिबार

राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएका छौं-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  24 October, 2024 6:28 pm


कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन् ।

गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहिवार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आफू नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएको बताएका हुन् ।

‘‘राम्रो गर्न कोशिस गरिरहेको छु । किन कि यो विचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु विग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सहि मार्गमा ल्याउनको निम्ति धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ’‘, उनले भने, ‘‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउँदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’’

यस्तै मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताए । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यस अनुसार सुधारका काम गर्दै आएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !