८ कार्तिक २०८१, बिहिबार

स्याङ्जामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

प्रकाशित मिति :  24 October, 2024 9:51 pm


काठमाडौँ । स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठ अनुसार स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सुर्य परियारले १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

घटना २०८१ साल बैशाख महिनाको राति ९ बजे भएको बताइएको छ, जहाँ परियारले बालिकालाई डर त्रास देखाई करणी गरेको आरोप छ। पीडित बालिका ‘०८१र०८२ आँधिखोला ९६’ नामले चिनिन्छिन्।

यस सम्बन्धमा प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको र २०८१ साल कार्तिक ७ गते परियारलाई पक्राउ गरी जबरजस्ती करणी मुद्धा दर्ता गरिएको बताए। स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !