९ कार्तिक २०८१, शुक्रबार

यस्तो छ प्रदेश अनुसार तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति :  25 October, 2024 7:53 am


काठमाडौँ। देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ ।

शुक्रवार बिहानीपख कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगाी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार शनिवार दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिवार राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतवार पनि कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ।

आगामी तीन दिनमा कुन प्रदेशको मौसमको अवस्था कस्तो रहनेछ ? पूर्ण विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !