९ कार्तिक २०८१, शुक्रबार

चीन-जापानबिच सामुन्द्रिक मामिलामा उच्चस्तरीय परामर्श

प्रकाशित मिति :  25 October, 2024 10:46 am


काठमाडाैँ । चीन र जापानले टोकियोमा सामुन्द्रिक मामिलासम्बन्धी उच्चस्तरीय १७ औं चरणको परामर्श सम्मेलन आयोजना गरेका छन् ।

जसमा सामुन्द्रिक मामिलामा गहिरो विचार आदान–प्रदान गर्नुका साथै पूर्वी चीन सागरलाई शान्ति, सहयोग र मित्रताको सागर बनाउने सहमति भएको छ । चिनियाँ विदेश मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङ र जापानी विदेश मन्त्रालयको एशियाली तथा महासागर मामिला ब्युरोका महानिर्देशक हिरोयुकी नामाजुले उच्चस्तरीय परामर्शको १७ औं चरणको सहअध्यक्षता गरेका छन्।

चीन र जापानबिच सामुन्द्रिक संयन्त्रको बैठकमा दुई देशका सामुन्द्रिक मामिलासँग सम्बन्धित विभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चीनले पूर्वी चीन सागर, दियाओयु दाओ, दक्षिण चीन सागर र ताइवान जलडमरू लगायतका विषयमा आफ्नो अडानलाई स्पष्ट पारेको छ । जापानलाई चीनको भूभाग, सार्वभौमसत्ता र सुरक्षा चासोको सम्मान गर्न र प्रवद्र्धन गर्न व्यावहारिक कदम चाल्न आग्रह गरेको छ । 



प्रतिक्रिया दिनुहोस !