९ कार्तिक २०८१, शुक्रबार

महिला सशक्तिकरण र समान समाज विकासका लागि प्रतिवद्ध छुः मन्त्री सुडी

प्रकाशित मिति :  25 October, 2024 1:06 pm


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलाहरुले विकासको बलियो स्तम्भको रूपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताएका हुन्। उनले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताए ।उनले महिला र बालबालिकाहरूको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री सुडीले महिला र बालबालिकाहरूको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक रहेको उल्लेख गरे । उनले महिला र बालबालिकाहरूको सशक्तिकरणमा भएका समस्याहरूको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताए ।

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताए । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरूलाई निर्मुल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !