९ कार्तिक २०८१, शुक्रबार

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयास रहेको छ: मन्त्री अधिकारी

प्रकाशित मिति :  25 October, 2024 4:27 pm


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यन्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताएका हुन् ।

“सरकारले कतिपय कृषि उपजहरुको आयातमा रोक लगाईएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कार्बाहीको दायरामा ल्याउन जरुरी छ,” उनले भने। कृषिको बिकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले निजि क्षेत्र सग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे ।

गरिबी बाट मुक्ती पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको बिषय भएको बताए । मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्ने हरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन अवस्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !