१० कार्तिक २०८१, शनिबार

माैसम अपडेट : यी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

प्रकाशित मिति :  26 October, 2024 6:49 am


सांकेतिक तस्बिर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र भयानक चक्रवात ‘दाना’ को प्रभाव रहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभावसमेत रहेको महाशाखाले जनाएको हो।

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार कोशी प्रदेशलगायत देशका पहाडी भूभागका साथै देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पनि कोशी प्रदेशलगायत देशका पहाडी भूभागका साथै देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !