१० कार्तिक २०८१, शनिबार

जीप दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

प्रकाशित मिति :  26 October, 2024 10:55 am


दाङ । जीप दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु भएको छ। रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्वरको जीप आज बिहान तुलसीपुर–३ साततलेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षिय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षिय सुरेश खड्काको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जीपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !