१० कार्तिक २०८१, शनिबार

क्याल्गरिमा पहिलो पटक सबिन राई `समर्पण यात्रा´साझ हुँदै

प्रकाशित मिति :  26 October, 2024 7:13 pm


काठमाडौं । नोभेम्बर १ शुक्रबारको साझ क्यानाड्को क्यालगरि मा पहिलो पटक सबिन राइ र फारोह ब्याण्ड को प्रस्तुतिमा भब्य साङ्गितिक कार्यक्रम ” समर्पण यात्रा ” हुने भएको छ ।

एम जि पि इन्टरटेनमेन्ट को आयोजनामा नेपालहरुको अर्को महान पर्ब दिपावली र भाइटिकाको अवसर पारेर गर्न लागिएको उक्त भब्य नेपाली कन्सर्ट कार्यक्रम क्याल्गरि चाइनिज कल्चरल सेन्टरको भव्य हलमा हुने कुरा एम जि पि इन्टरटेनमेन्ट का सस्थापक राजेन्द्र चोङ्बाङ ( ठुले ) ले जानकारी दिए ।

आधुनिक रक ,पप गायन मा नेपाल को लोकप्रिय रक ,पप गायक सबिन राइ मुख्यत नेपाली युवा पुस्तामा सफल , लोकप्रीय र युवा पुस्ताको ढुकढुक्की मानिन्छन् ।

उक्त कार्यक्रमलाई क्यानाडाको क्यालगरि मा रहेका संघ संस्थाहरूको साथ रहने आयोजक चोङ्बाङले बताए । कार्यक्रमको टिकटको सुबिधाको लागि बारकोडबाट पनि खरिद गर्न सकिने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !