१० कार्तिक २०८१, शनिबार

निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक

प्रकाशित मिति :  26 October, 2024 8:15 pm


काठमाडौँ । निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ । शनिबार ललितपुरका मेयर चिरिबाबु महर्जन, प्रा.डा. दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रमका बिच ‘धोबीघाट मेलोडी’ सार्वजनिक गरेका हुन् ।

कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २०२ पृष्ठ छन् जसको मूल्य ५०० रहेको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध शर्मा लिटिल एन्जल्स् स्कूलका प्रिन्सिपल हुन् ।

शर्माले यसअघि ‘शब्दशिविर’ निबन्धकृति बजारमा ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !