११ कार्तिक २०८१, आइतबार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, तिहारको मुखमा यात्रुलाई सास्ती

प्रकाशित मिति :  27 October, 2024 6:34 am


काठमाडौँ । सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो ।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । उहाँका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदैआएको छ । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए । उनले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताए । पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !