११ कार्तिक २०८१, आइतबार

पहाडी भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने

प्रकाशित मिति :  27 October, 2024 8:43 am


काठमाडौँ। देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

आइतवार बिहानीपख कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बारे जानकारी लिनका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !