११ कार्तिक २०८१, आइतबार

सुनको भाउ फेरि ऐतिहासिक उचाइमा, प्रतितोला कति पुग्यो ?

प्रकाशित मिति :  27 October, 2024 11:44 am


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकाे तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६७ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबारको भन्दा १५ रूपैयाँ बढेको चाँदी २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !