११ कार्तिक २०८१, आइतबार

कास्की प्रहरीले भन्यो: तथ्यहीन र भ्रामक समाचारले अनुसन्धानमा नकारात्मक प्रभाव पर्छ

प्रकाशित मिति :  27 October, 2024 1:01 pm


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रहरीका अनुसार लामिछानेलाई अदालतमा पेश गर्दा प्रहरीले आदरार्थी शब्द नबोलेको, हतियारसहित प्रवेश गरेको र हिरासतमा दुर्व्यवहार गरेको भन्ने झुट्टा आरोप सामाजिक सञ्जालहरूमा फैलाइएको छ।

जिल्ला प्रहरी कार्यालयले कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले तथ्यहीन समाचारले जनमानसमा गलत सन्देश प्रवाह गराउने र अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने बताए । उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार प्रमाणमुखी अनुसन्धानमा प्रतिबद्ध रहेको बताउँदै सत्यमा आधारित सूचनामात्रै सम्प्रेषण गर्न सबैमा अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !