११ कार्तिक २०८१, आइतबार

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छः गृहमन्त्री लेखक

प्रकाशित मिति :  27 October, 2024 1:10 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रूपमा बुझ्न आग्रह गरेका छन् ।आइतवार काठमाडौँमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताएका हुन् ।

लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अराजकताको प्रणालीका रूपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताए ।उनले नागरिकका बिचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताए।

नागरिकको बिचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरूमा सरल, सुलभ पहुँचका व्यवस्थाहरूको वितरण आवश्यक रहेको बताए । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको बताए । उनले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताए ।

गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताए । उनले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !