११ कार्तिक २०८१, आइतबार

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयारः मन्त्री साह

प्रकाशित मिति :  27 October, 2024 3:25 pm


काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार भएको बताएका छन् ।

आइतवार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा मन्त्री साहले बालबालिका सम्बन्धि ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेश गरिएको पनि बताएका हुन् ।

उनले हिंसा पीडित महिलाहरुका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनःस्थापना गृह निर्माण कार्य पनि छिट्टै शुरु गर्ने बताए । करिव ३० करोड लागतमा सो गृहको निर्माण कार्य शुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्री साहले सडक बालबालिकाहरुको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !