११ कार्तिक २०८१, आइतबार

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लाग्नुहोस्–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  27 October, 2024 5:35 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको बताउँदै नतिजा सुधार गर्न शिक्षकहरुलाई निर्देशन दिएका हुन् ।

‘‘एसईईको नतिजा के कस्तो आयो सबैलाई अवगत छ । अबको नतिजा त्यस्तो नहोस्’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘शैक्षिक गुणस्तर सुधार गरेर तपाई कार्यरत विद्यालयलाई नमुना बनाउन ध्यान दिनुहोस् ।’’

सामुदायिक विद्यालयलाई सबै हिसाबले नमुना बनाउनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन थियो । ‘‘पठनपाठनको दृष्टिले विद्यालयलाई नमुना बनाउनैपर्छ’’, उनले भने,‘‘नतिजा सन्तोषजनक देखिदैनन् । यसमा सुधार गर्नैपर्छ ।’’



प्रतिक्रिया दिनुहोस !