११ कार्तिक २०८१, आइतबार

धनुषामा २२१ किलो गाँजासहित एक युवक पक्राउ

प्रकाशित मिति :  27 October, 2024 5:49 pm


काठमाडाैँ । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  २२१ के. जी. ३८ ग्राम गाँजासहित प्रहरीले  प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउँदै गरेको प्रतिवन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !