१२ कार्तिक २०८१, सोमबार

आफ्नो कार्यकालमै काठमाडौँमा पानीको समस्या समाधान गर्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

प्रकाशित मिति :  28 October, 2024 11:01 am


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताएका हुन् ।

उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताए । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौँ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे ।

मन्त्री यादवले काठमाडौँवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे । उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !