१२ कार्तिक २०८१, सोमबार

प्रस्तावित राजदुत लम्साल र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय निरौला/पाण्डेको संसदीय सुनुवाई १४ गते हुने

प्रकाशित मिति :  28 October, 2024 12:58 pm


काठमाडाैँ । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेल्जियमका लागि प्रश्तावित राजदुत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाई आगामी बुधवार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रश्ताव पारित गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाई गरी उनीहरूको सुनुवाईको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितकाे कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।
बेल्जियमका लागि प्रश्तावित राजदुत लम्साल परराष्ट्र सचिव हुनुहुन्छ । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । 



प्रतिक्रिया दिनुहोस !