१२ कार्तिक २०८१, सोमबार

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँः खेलकुदमन्त्री चौधरी

प्रकाशित मिति :  28 October, 2024 4:31 pm


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रश्ताव लैजाने कोशिस गरिरहेको बताए ।

उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरूसँग आह्वान गरे । उनले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गरे । खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !