१२ कार्तिक २०८१, सोमबार

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

प्रकाशित मिति :  28 October, 2024 5:37 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गरेकी छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन् । उनले लामिछानेले प्रमाण नष्ट गर्ने तथा भाग्ने कुनै सम्भावना नरहेकाले थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने बताइन् । उनले रास्वपाले पोखरामा सडक आन्दोलन गरेर न्यायपालिकालाई प्रभावित गर्न नखोजेको स्पष्ट पारिन् ।

पार्टी सभापति पक्राउ पर्दा कार्यकर्ताहरु स्वतःफुर्त रूपमा भेला भएका भन्दै गलत मनशायले आफूहरूले आन्दोलन नगरेको बताइन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले कानून सबैलाई बराबरी लाग्ने भन्दै रवि लामिछाने पक्राउको विरुद्धमा नारा जुलुस नगर्न रास्वपालाई आग्रह गरिन् ।

त्यस्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले कुनै व्यक्तिलाई न्यायिक अनुमति बिना प्रहरीले थुनामा राख्दा मात्रै त्यसको विरुद्ध बोल्न सकिने बताए । उनले न्यायपालिकाको अनुमतिमा व्यक्ति पक्राउ पर्दा नाराबाजी गर्नु न्यायालयलाई दबाब दिनु सरह रहेकाे बताए ।



प्रतिक्रिया दिनुहोस !