१२ कार्तिक २०८१, सोमबार

बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैन–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  28 October, 2024 5:38 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गतवर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरु संग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदान नपठाउँदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।

‘‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो’’, उनले भने, ‘‘सरकारले बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ । समस्या भएको भनिएको साल वसाली र सम्पन्न भएक योजनाको हो ।’’

निर्माण व्यवसायीले इमान्दारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुनअनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पारेका छन् । संघीय सरकारले गतवर्ष दुई अर्ब १० करोड समानीकरण अनुदान नपठाउँदा समस्या परेको छ । योजना कार्यान्वयन गरेको आधारमा जेठ महिना भित्र भुक्तानी लिन समेत आग्रह गरे ।

‘‘काम सम्पन्न गर्नु भएको छ । तर, भुक्तानी लिन किन असार २५ गते नै कुनुप¥यो ?’’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्नेगरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउँदै छिटो भुक्तानीका लागि आग्रह गरु । नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरुसँग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेललगायतले छलफल गरे ।



प्रतिक्रिया दिनुहोस !