स्वदेशी फूल विक्री गर्न काठमाडौँ महानगर सक्रिय, किनबेचमा लागि तोकियो यी ४६ ठाउँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहार, नेपाल संवत्, र छठ पर्वमा स्वदेशी फूललाई प्राथमिकता दिँदै प्लास्टिकजन्य फूल तथा सजावट सामग्री विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
स्वदेशी फूल उत्पादनलाई प्रोत्साहित गर्न महानगरले ४६ स्थानमा फूल विक्रीका लागि व्यवस्था मिलाएको छ, जसमा माछा पोखरीदेखि बालाजु, बानेश्वर, कलंकी लगायतका मुख्य स्थानहरू समावेश छन्। महानगरले स्वदेशमा उत्पादित फूलको माग बढाउन यसपालि थप स्थानहरूको व्यवस्था गर्दै नेपाली फूल व्यवसायी र किसानलाई सहज बनाउने योजना बनाएको हो।
महानगरपालिकाका अनुसार, बजार क्षेत्रमा पार्क, मल, पार्टी प्यालेस, र अन्य स्थानहरूमा फूल विक्रीका लागि स्थान उपलब्ध गराइनेछ। यसले गर्दा उपभोक्ताहरूले प्लास्टिकको प्रयोग कम गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सक्नेछन्। काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख बालेन्द्र शाहाकाअनुसार,व्यापारीहरूलाई प्लास्टिकका फूल विक्रीमा रोक लगाइएको र यदि कसैले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही हुनेछ।
महानगरले उपभोक्ताहरूसँग पनि स्वदेशी फूल खरिद गरी नेपाली किसानलाई सहयोग पुर्याउन अनुरोध गरेको छ।
यी हुन् महानगरले व्यवस्था गरेका ४६ स्थानः
१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे