७२ लाखको कारोबार गर्दै दोस्रो तिहार फ्लोरा एक्स्पो सम्पन्न, ४० हजारले गरे अवलोकन
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा कार्तिक ९ गतेदेखि सुरू भएकाे दोस्रो तिहार फ्लोरा एक्स्पो आज (मंगलबार) सम्पन्न भएको छ। पाँचदिनदेखि चलेको मेलामा ४० हजारले अवलोकन गर्दा ७२ लाखको कारोबार भएको नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ ।
संघको आयोजनामा कार्तिक ९ गते देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार जनाले अवलोकन गर्दा ७ लाखको कारोबार भएको हो । दोस्रो दिन १० हजार जनाले अवलोकन गर्दा १४ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन १३ हजार जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो । त्यस्तै चौथो दिन ४ हजारले अवलोकन गर्दा १२ लाखको कारोबार भएको थियो । आज अन्तिम दिनमा ६ हजारले अवलोकन गर्दा १३ लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ । नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाले मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संग्लन उद्यमी व्यवसायीहरू तथा यस व्यवसायप्रति रुचि राख्ने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने व्यवसायीलाई उत्साहित बनाएकाे बताए ।
संस्थाले व्यवसायीहरूको क्षमता विकासको लागि स्वस्थ्य प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड नगद तथा प्रमाणपत्रद्धारा पुरस्किृत गरेको थियो । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहेका थिए ।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सम्पन्न भएको दोस्रो तिहार फ्लोरो एक्स्पो २०८१ को प्रवर्धक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पति विभाग रहेको छ भने विशेष सहयोगी संस्था शलोम एग्रीकल्चर प्रालि, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रालि,ग्रिस्मा नर्सरी रहेका थिए ।