८ मंसिर २०८१, शनिबार

नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा केवल कम्युनिष्ट पार्टीले गर्नसक्छः माधव नेपाल

प्रकाशित मिति :  30 October, 2024 3:59 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा केवल कम्युनिष्ट पार्टीले मात्र गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको संवाहकको रूपमा आफ्नो महत्वपूर्ण स्थान बनाएको बताए । नेपालले भने,”कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन्।”

उनले नेपाल समाजवादी क्रान्तीको नयाँ चरणमा प्रवेश गरेको र अब समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक भइसकेको बताए। “हामी समाजवादी क्रान्तीको चरणमा प्रवेश गरिसकेका छौँ। यस अर्थमा, समाजवादी क्रान्तीको कार्यक्रम बहस र छलफलको विषय बन्नुपर्छ,” उनले थपे ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा अहिले व्यक्तिवाद र स्वार्थी प्रवृत्ति हाबी भएको र भ्रष्टीकरणको प्रवृत्ति प्रमुख समस्या बनेको पनि बताए।



प्रतिक्रिया दिनुहोस !