१४ कार्तिक २०८१, बुधबार

‘सहकारीकाे रकम दुरुपयोग मुद्दामा लामिछाने पक्राउ गर्ने प्रक्रिया राजनीतिक प्रतिशोधमा आधारित छ’

प्रकाशित मिति :  30 October, 2024 4:30 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सहकारी संस्थामा बचत रकमको दुरुपयोगबारे गठन भएको समितिले गत भदौ ३१ गते प्रस्तुत गरेको प्रतिवेदनमा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको दाबी गरेकाे छ ।रास्वपाले आज एक विज्ञप्ती जारी गर्दै सभापति लामिछाने निर्दाेष रहँदा पनि कार्तिक २ गते राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको आरोप पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाकाे छ ।

पार्टीको दाबी अनुसार, सहकारीमा बचत रकमको दुरुपयोग केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठूला ऋणी र कर्मचारीहरूको मिलोमतोमा मात्र हुने गर्दछ। लामिछाने कुनै पनि सहकारीका सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले उनको पहुँच सहकारीमा पुग्न असम्भव रहेको उल्लेख गरिएको छ।

सो क्रममा गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा कम्पनी र कम्पनीको दायित्वको सिद्धान्तलाई पनि समेटिएको छ। पार्टीले यो विषयलाई संगठित अपराधसँग जोडिएको देखिरहेको छ र यथार्थता प्रस्तुत गर्नको लागि स्पष्ट सन्देश दिन चाहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यान सहकारी पीडितहरूको समस्या समाधानमा नदिएको र विभिन्न भ्रष्टाचारका घटनामा दोषीलाई कारवाही गर्न चासो नदिएको आरोप लगाएको छ। पार्टीले अन्याय र बेथितिविरुद्ध संघर्ष गर्न सम्पूर्ण न्यायप्रेमी नागरिकलाई एकजुट हुन अपिल गरेको छ।

साथै, बालुवाटारमा हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको घटनालाई भर्त्सना गर्दै पार्टीले मानवअधिकार र अभिव्यक्तिको स्वतन्त्रता मिचिएको उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !