८ मंसिर २०८१, शनिबार

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैनः अध्यक्ष दाहाल

प्रकाशित मिति :  30 October, 2024 4:40 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताए । उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताए । उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए ।

उनले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकतावद्ध हुनुपर्ने बताए । उनले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।



प्रतिक्रिया दिनुहोस !