८ मंसिर २०८१, शनिबार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

प्रकाशित मिति :  1 November, 2024 10:51 pm


दाङ । मोटरसाइकलको ठक्करबाट दाङमा पैदल यात्रीकाे मृत्यु भएकाे छ । जिल्लाकाे घोराही उपमहानगरपालिका-१४, नयाँ बसपार्कमा लु. प्र. ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घोराही-१४ लुहासुरका ५५ वर्षिय नन्दबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका घर्तीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा जाँच गर्दा डाक्टरले मृत घोषणा गरेकाे जिल्ला जिल्ला प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको ठक्करबाट अर्का पैदल यात्री घोराही-१४, लुहासुरकी ४५ वर्षिया मनमती नेपाली घाइते भएकी छिन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस !