८ मंसिर २०८१, शनिबार

मुख्यमन्त्री आचार्यद्वारा भाइटीका ग्रहण

प्रकाशित मिति :  3 November, 2024 1:04 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गरेका छन् । शुभ साइत बिहान ११ : ३७ मा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माइली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यसहित उनका जेठा दाइ बावुराम आचार्य, साइलो भाइ खुविराम आचार्य र कान्छो भाइ माधव आचार्यले समेत दिदीबहिनीको हातबाट टीका ग्रहण गरे ।

यसैबिच तिहारको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !