८ मंसिर २०८१, शनिबार

तिहारकाे टीका : राष्ट्रपतिदेखि पूर्व युवराज पारससम्मले यसरी लगाए टीका (फाेटाे फिचर)

प्रकाशित मिति :  3 November, 2024 5:53 pm


काठमाडाैँ । हिन्दुहरुकाे पर्व तिहार धुमधामका साथ मनाइएकाे छ । दाजुभाइ र दिदीबहिनीहरुकाे उल्लासकाे पर्वका रुपमा लिइने तिहार पर्व धुमधामका साथ मनाइएकाे हाे ।

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् । उनले शुभसाइटमै विधिपूर्वक तिहारको टीका लगाएका हुन् । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यद्वारा भाइटीका ग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गरेका छन् । शुभ साइत बिहान ११ : ३७ मा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उनको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माइली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यसहित उनका जेठा दाइ बावुराम आचार्य, साइलो भाइ खुविराम आचार्य र कान्छो भाइ माधव आचार्यले समेत दिदीबहिनीको हातबाट टीका ग्रहण गरे ।

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उहाँले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए ।

पूर्वयुवराज पारसले लगाए भाइटीका

पूर्वयुवराज पारस शाहले भाइटीका लगाएका छन्। उनले दिदीबहिनीहरुको हातबाट आइतबार भाइटीका लगाएका हुन्।पूर्वयुवराज पारससँग भाइटीका लगाएको तस्बिर पूर्वराजकुमारी शिताष्मा शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन्।शिताष्मा अधिराजकुमार धिरेन्द्र शाहकी छोरी हुन्।



प्रतिक्रिया दिनुहोस !