७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका सबै कार्यक्रम स्थगित

प्रकाशित मिति :  5 November, 2024 3:58 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि सामान्य ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन् । प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै आराम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !