८ मंसिर २०८१, शनिबार
सहकारी प्रकरण

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति :  5 November, 2024 4:04 pm


काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। १० दिनलाई थप भएको म्याद कात्तिक १५ गते अर्थात् गत बिहीवारबाट हिसाब हुन्छ।

लामिछानेलाई मंगलबार तेस्रो पटक म्याद थप गरिएको हो, जुन प्रक्रिया ६ दिनको म्यादबाट सुरू भएको थियो, त्यसपछि ७ दिनको म्याद थपिएको र हाल १० दिनको म्यादमा पुगेको छ। रवि लामिछानेलाई २ कार्तिकमा काठमाडौँबाट पक्राउ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !