२० कार्तिक २०८१, मंगलबार

तिहारमा ४० लाख माला बिक्री हुँदा ४० करोडभन्दा बढीको कारोबार

प्रकाशित मिति :  5 November, 2024 5:11 pm


काठमाडौँ । यस वर्षको तिहारमा ४० लाख माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला बिक्री भएको हो । यसबाट ४० करोडभन्दा बढीको कारोबार भएको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले स्वदेशी फूलले बजारको माग पूर्ण गर्न सफल भएको जानकारी दिएका छन्। उनले यस वर्ष भारतबाट माला नआउँदा स्वदेशी उत्पादनको मात्रामा वृद्धि भएको उल्लेख गर्दै भने, “यसले गर्दा किसानले उचित मूल्य पाएका छन् र आगामी वर्ष उत्पादन बढाउन थप प्रोत्साहन मिलेको छ।”

नेपालमा वि।सं। २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा पुष्पको बार्षिक कारोबार रु।२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७\७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु।१ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८र०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो ।

गत आथिक बर्ष ०७९\८० मा रु।३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८०\८१ मा १९।८६ प्रतिशतले वृद्धि भई रु। ३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक बर्ष ०८०\८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात् कारोबार रु एक करोड ०२ लाख १२ हजार भएको छ भने आयात तर्फ रु २७ करोड ७९ लाख ०५ हजारको कारोबार रहेको छ।



प्रतिक्रिया दिनुहोस !