८ मंसिर २०८१, शनिबार

काठमाडौंका ८ स्थानमा मनाइदै छठ पर्व

प्रकाशित मिति :  6 November, 2024 11:53 am


काठमाडौं । काठमाडौँका विभिन्न ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरका विभिन्न ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको जनाएको छ। महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !