३ आश्विन २०८१, बिहिबार

घाेराही १६ मा नेकपाभित्र विवाद, बागी उठाउने घाेषणा

प्रकाशित मिति :  12 November, 2019 10:17 pm


दाङ । उम्मेदवारको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ मा उम्मेदवार चयनकाे विराेेग गर्दैै तत्कालिन एमाले नेता कार्यकर्ताहरुले सोमबार राति छुट्टै भेला गरेका छन् ।

वडानम्वर–१६ को झंगवामा भएको भेलाले जगलाल चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका पुराना नेता एवं नेकपा एमालेका पूर्व सचिव मेघबहादुर विसीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उम्मेदवार चयन प्रक्रियामा नेतृत्वले अन्यायपूर्ण निर्णय गरेको निष्कर्ष निकालेको थियो ।

वडा, नगर तहबाट पहिलो र दोस्रो प्राथमिकतामा राखिएका लालमति बुढा र गजेन्द्र खड्कालाई पन्छाएर सुरेश केसीलाई उम्मेदवार बनाउने निर्णय गरेर जिल्ला नेतृत्वले कार्यकर्ताहरुको मनोभावनालाई लत्याएको प्रमुख अतिथि विसीले अाराेप लगाउनुभयाे जानकारी लिनुभयाे ।

भेलामा बाेल्दै घोराही उपमहानगरपालिका वडानम्वर १६ का वडासदस्य जगतप्रसाद श्रेष्ठले लछिनप्रसाद बुढामगरका सपना पुरा गर्न का लागि जगलाल चौधरीलाई उम्मेदवार बनाउने निकर्ष निकालेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !