छापावाला सुनको मूल्य ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ, चाँदी ५५ रुपैयाँ सस्तो
प्रकाशित मिति : 7 November, 2024 11:37 am
काठमाडौँ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
बुधवार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन विहीबार ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँ कायम भएको छ ।