८ मंसिर २०८१, शनिबार

हात भाँचिएर अस्पताल भर्ना भएकी बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  7 November, 2024 3:50 pm


काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा एक बालिकाको मृत्यु भएको छ । बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब आठ बजे भाँचिएको हातको शल्यक्रिया पश्चात बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् । उपचारका क्रममा चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

बालिकाको शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको तर बालिका शल्यक्रियासकिएपछि पनि होसमा आइनन् । बेहोस पार्ने क्रममा दिएको औषधीको आसरले मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले बताए । उक्त घटनाले स्थानीय र आफन्त आक्रोषित बनिरहेको अवस्थामा अनुसन्धानलाई अगाडी बढाउन र थप क्षति हुन नदिन उपचारमा संलग्न चिकित्सक डा। राजमणि यादव, डा। सुरेन्द्रकुमार चौधरी र डा। अभिषेक यादवलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख शर्माले बताए ।

आन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउँदै अस्पतालबाट शब उठाउन मानेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !