१९ मंसिर २०८१, बुधबार

१३ परियोजनाका ठेकेदार कम्पनी कालोसूचीमा, तोकिएको अवधीमा सार्वजनिक निकायको ठेक्कामा भाग लिन नपाउने

प्रकाशित मिति :  8 November, 2024 9:08 am


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित १३ परियोजनाका ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्दै सुचि सार्वजनिक गरेको छ ।

उनीहरुले ठेक्का लिएको गरेको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। १३ परियोजनामा दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य छ वटा कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, एन।बी। कन्स्ट्रक्सन, द कञ्चनजंघा कन्स्ट्रक्सन र बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा परेमामध्ये राज्यमन्त्री तामाङ नेपाली काँग्रेसबाट रामेछापबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

कालाेसूचीमा परेकाे कम्पनी र परियाेजनाकाे विवरण:



प्रतिक्रिया दिनुहोस !