८ मंसिर २०८१, शनिबार

बिपरीत दिशाबाट आइरहेका गाडी ठाेक्किदा चारको मृत्यु, छ जना घाइते

प्रकाशित मिति :  8 November, 2024 9:31 am


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा बिपरीत दिशाबाट आइरहेका गाडी ठाेक्किदा चार जनाको मृत्यु भएकाे छ, भने छजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षिय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षिया महिला, ३२ वर्षिय र ३५ वर्षिय पुरुषको मृत्यु भएको जानकारी दिए ।

रिजालका अनुसार दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुईजनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !