८ मंसिर २०८१, शनिबार

सेफ्स एसोसिएसन अफ नेपालले गर्‍यो पैचो पसललाई सम्मान

प्रकाशित मिति :  8 November, 2024 11:01 am


काठमाडौँ । ग्रमिण क्षेत्र र विषेशगरी उच्च पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई शहरसम्म पुर्‍याइरहेको कम्पनी पैचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ ।

सेफ्स एसोसिएसन अफ नेपालको २९ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैचो पसल सम्मानित भएको हो ।

बसेपनि शहर गाँउकै खाने रहर भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैचोको प्रसोधन केन्द्र रहेको छ । पैचो पसलले नेपाली तारे होटलदेखि रेष्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि विभिन्न स्वादका अचार, गुन्द्रक, कोदोको पिठो लगायतका उत्पादन गर्दै आएको छ ।

नेपाली उत्पादन तारे होटल ग्राहकलाई पुर्‍याएको र सेफ्स एसोसिएसनसँग नजिक भएर लामो समयदेखि सहकार्य गरेको भन्दै सम्मान गरेको हो । १० वर्षदेखि गुल्मीका किसानसँग सहकार्य गरेर अगाडी बढेको पैचोका उत्पादन प्रति सेफ्सहरू समेत सन्तुष्ट देखिएका छन् । सेफ्स एसाेसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले पैचोले नेपाली स्वादका लागि पैचोको अग्रणी भूमिका निवार्ह गरेको बताए । उनले पैचोको उत्पादन प्रयोगले स्वदेशी उद्योगलाई समेत सहयोग पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !