सुनको मूल्य २ हजार बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ पुग्यो, चाँदीको मूल्य २० रुपैयाँले वृद्धि
प्रकाशित मिति : 8 November, 2024 11:25 am
काठमाडौँ । आज (शुक्रबार) छापावाल सु्नको मूल्य प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ ।
बिहीबारको प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ।