८ मंसिर २०८१, शनिबार

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला

प्रकाशित मिति :  8 November, 2024 3:43 pm


काठमाडाैँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा उनले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताएका हुन् ।

प्रस्तावित न्यायाधीश निरौलाले न्यायाधीशले न्यायका लागि काम गर्ने भएको उल्लेख गर्दै त्यसमा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने पनि बताए । न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने प्रश्तावित न्यायाधीश निरौलाको भनाइ थियो । 

उनले भने, “नेपालको संविधान बमोजिम स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अवधारणा तथा मूल्य,मान्यतालाई आत्मासात गर्दै छिटो, छरितो एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा म प्रतिवद्ध छु । मैले पेश गरेको न्याय प्रशासनसँग सम्बन्धित कार्ययोजना नेपालको न्याय पालिकाको पञ्च वर्षीय रणनीतिक योजना र संसदीय सुनुवाईको क्रममा सम्माननीय प्रधानन्यायाधीशज्युका पेश गर्नुभएको कार्य योजना भन्दा भिन्न छैनन् ।”

प्रस्तावित न्यायाधीश निरौलाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन प्रविधि भित्र्याउने कुरामा पनि आफूले जोड दिने बताए ।



प्रतिक्रिया दिनुहोस !