८ मंसिर २०८१, शनिबार

उपसभामुख रानाले भनिन्ः प्रकृति संरक्षण वैज्ञानिक ढंगले गरिनुपर्छ

प्रकाशित मिति :  8 November, 2024 5:25 pm


काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले वैज्ञानिक ढंगले प्रकृतिको संरक्षण गर्नुपर्ने बताएकी छन् । प्रकृति रिसोर्स सेन्टर र क्लाइमेट एण्ड डेभलपमेण्ट डाइलगले काठमाडौँमा एक कार्यक्रमबिच बुझाएको स्थानीय नेतृत्वमा जलवायु अनुकुलन (लोकल्ली लिड क्लाइमेट एडप्टेशन) विषयगत छैटौं राष्ट्रिय सम्मेलनबाट प्राप्त जलवायु न्याय र सुशासनको लागि बर्दिवास घोषणा पत्र बुझाएको हो ।

सो क्रममा उनले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्ने समस्या विकराल बनेको बताएकी हुन् । उनले जलवायु परिवर्तनले अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टिका समस्या निम्त्याइरहेको बताइन् । जलवायुजन्य समस्याका कारण नेपाल मात्र नभइ विश्व नै तहसनहस बनेको उल्लेख गर्दै जलवायुजन्य समस्याहरु रोक्नका लागि तत्काल कानून बनाएर कार्यान्वयनमा जानुपर्ने बताइन् । उनले प्राकृतिक विपत्तिलाई कसैले पनि रोक्न नसक्ने तर क्षति कम गर्न सकिने बताइन् ।

उनले भनिन् ,”बालबालिका, वृद्ध, महिलाहरुको बिजोक छ । डोल्पातिर हेर्ने हो भने पहिला पानी आउने मुहान सुकेका छन् । उनीहरुको गोठ नै सार्नुपरेको छ । अहिले गोठ बनाउन पैसा नभए यहाँ अस्ति प्रोजेक्ट दिन माग गर्दै आउनुभएको थियो । यस्तो समस्या सबैतिर छ । तराईमा डुबानका कुराहरु छन् । विकसित मुलुकमा पनि अहिले स्पेनमा बाढी आएर तहसनहस छ । हामीले जलवायुजन्य समस्याहरु रोक्नका लागि तत्काल कानून बनाएर कार्यान्वयन गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !