८ मंसिर २०८१, शनिबार

सरकारले विचौलियाको काम गरेको छ : प्रचण्ड

प्रकाशित मिति :  10 November, 2024 11:56 am


काठमााडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्।

आइतबार बिहान मकवनपुरको थाहा नगरपालिकामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको १०० दिनको कामले यसको विचौलिया पुष्टि गरेको दाबी गरे ।

उनले सरकारको काम गराइले जनतामा आक्रोस बढेको उल्लेख गर्दै भने,”सरकार संविधान संशोधन गरेर जनताले प्राप्त गरेका उपलब्धी उल्टाउने षड्यन्त्रमा लागेको छ,” प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रणको लागि चुनावी प्रणालीमा सुधार आवश्यक छ। सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन सकेको छैन।”

अध्यक्ष प्रचण्डले संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !