८ मंसिर २०८१, शनिबार

अनाधिकृत रूपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

प्रकाशित मिति :  10 November, 2024 12:58 pm


काठमाडाैँ । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रूपमा बनाइएको पर्खाल भत्काइएको छ ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनाधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आईतवार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो । २०७३ साल पुस १८ गते अनाधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।

सो अनाधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । यसैबीच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरुको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरुको घर जाने सडक बाटो समेत भिचेको दाबी गर्दै आफूहरुमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !