३ आश्विन २०८१, बिहिबार

थवाङमा चुनावी सरगर्मी,विप्लवकाे मत तान्ने कसरत

प्रकाशित मिति :  12 November, 2019 10:50 pm


रोल्पाको थवाङमा विस्तारै उप-चुनावको सगर्मी बढेको छ । तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय आधार इलाकाको रुपमा रहेकाे थवाङ १ मा चुनाव हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ग्रीस पुनलाई उमेद्वार बनाएकाे छ । गत चुनावमा थवाङ वडा नं. १ मा विप्लव नेतृत्वकाे नेकपामा आस्था राख्ने कार्यकर्ता फर्कबहादुर रोका अध्यक्ष भएका थिए । देशभर चुनाव बहिस्कार गरेपनि थवाङमा भने विप्लव नेकपाका कार्यकर्ता राेका उमेद्वार बनेर चुनाव जितेका थिए । अध्यक्ष रोकाको निधन भएपछि चुनाव हुँदैछ । नेपाली कांग्रेसले कलम राेकालाई उमेद्वार बनाउने तयारी गरेकाे छ । नेपाली कांग्रेस राेल्पाका सभापति अमर पुनले कमल राेकालाई उमेदवारी बनाउने तयारी भएकाे जानकारी दिए । थावाङकाे मुख्य ठाउँ ठूलाे गाउँकाे चुनाव भएकाले पनि महत्वका साथ हेरिएकाे छ । ठूलाे गाउँमा विप्लव नेतृत्वकाे नेकपाकाे बढी प्रभाव छ । विप्लव नेकपालाई समर्थन गर्ने मतदाताकाे मत निर्णायक भएकाले सत्तारूढ नेकपा र नेपाली कांग्रेसकाे ध्यान त्यसमा केन्द्रीत देखिएकाे थवाङका एक स्थानीयले बताए ।



प्रतिक्रिया दिनुहोस !